बारम्बार सोधिने प्रश्नहरू

कुनै व्यक्तिले कार्यालयमा देहायका कागजात संलग्न गरी अनुसूची २७ बमोजिमको ढाँचामा फिल्डबुक वा प्लट रजिस्टरको प्रतिलिपिका लागि कार्यालय प्रमुख समक्ष निवेदन दिन सक्नेछ | क. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि ख. नेपालि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ग. चालु आ.व. को तिरो तिरेको रसिद घ. सरोकारवाला पुष्टि हुने अन्य कागजातहरु ङ. निवेदकको नाममा श्रेस्ता कायम नरहेको वा जग्गाधनि दर्ता प्रमाणपुर्जा नभएको कित्ताको सन्दर्भमा निज वा निजको नाता-प्रमाणले सरोकार देखिने कागजातहरु वा स्थानीय तहको सिफारिस |

कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ता जग्गाको नक्सा प्रिन्ट माग गर्दा देहायका बमोजिम गर्नुपर्नेछ | -जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि - वित्तीय संस्थाले वित्तीय प्रयोजनका लागि माग भएको भए उक्त संस्थाको पत्र र जग्गाधनि दर्ता प्रमाणपुर्जाको प्रतिलिपि -सरकारी निकायली माग गरेको भए गा.वि.स./गा.पा./न.पा., नक्सा नम्बर/सिट नम्बर र कित्ता नम्बर स्पष्ट उल्लेख गरि प्रयोजन समेत खुलाईएको पत्र -प्रिन्ट माग हुने कित्ताका लागि तोकिएको राजश्व बुझाएको रसिद |